राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउँदै

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा दसैँलगत्तै नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले १४ कात्तिकमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउँदै संसद्को संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले मन्त्रिपरिषद् कार्यालयबाट १४ कात्तिकमा राष्ट्रसंघका महासचिवको सम्बोधन गर्ने प्रयोजनका लागि पत्र प्राप्त भएको र सचिवालयले आवश्यक तयारी थालेको बताए । महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधिसभाको बैठक १२ कात्तिकमा आह्वान गरिएको छ । दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर