नेपालले आज हङकङको सामना गर्दै

काठमाडौं ।  त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपालले आज शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले मुलपानी क्रिकेट मैदानमा हङकङको सामना गर्नेछ। खेल बिहान ११ बजे सुरु हुनेछ। नेपाल आज हङकङलाई हराएर सिरिजको फाइनल पुग्न चाहन्छ। नेपालले अघिल्ला दुई खेलमा लगातार दुई जित हात पारिसकेको छ।

पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो। नेपाल आज हङकङमाथि लगातार दोस्रो जित निकाल्न चाहन्छ। यता, हङकङ भने अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। आईसिसी टी-ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो। सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन्। सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर