हवाई आक्रमणमा १८ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौं क्रिस्चियन हताहती भएको र अल–शिफा अस्पतालमा पुगेको बताइएको छ ।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएअनुसार इजरायली हवाई आक्रमणबाट बच्न ४०० भन्दा बढी मानिसहरू, (ईसाई र मुस्लिमहरू)ले चर्चमा शरण लिएका थिए । यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार राति उसको लडाकु विमानहरूले हमास विद्रोहीहरूको कमाण्ड र नियन्त्रण केन्द्रलाई निशाना बनाई आक्रमण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर