विश्वकप क्रिकेट: पाकिस्तान अस्ट्रेलियासँग ६२ रनले पराजित

काठमाडौं । आईसीसी वान डे विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको छ। अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो। टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा ३६७ रन बनाएको थियो। ३६८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान ४५ दशमव ३ ओभरमा अलआउट हुँदै ३०५ रनमा समेटियो।

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ७० रनको योगदान दिँदा अब्दुल्लाह शफिकीले ६४ रन जोडे। यस्तै मोहम्मद रिजवान ४६, सहुद सकिल ३०, इफ्तिकर अहमद २६, कप्तान बाबर आजम १८, महम्मद नवाज १४ र साहिन साह अफ्रिदीले १० रन जोडे। किस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पाकिस्तानलाई पराजित गर्ने क्रममा अस्ट्रेलियाका एडम जाम्पाले ४, पात क्यूमिन्स २, मार्कस स्टोनिसले २, मिचेल स्टार्क र जोश हजेलउडले एक/एक विकेट लिए।

पहिला ब्याटिङ गरेको अस्ट्रेलियाका लागि सर्वाधिक डेविड वार्नरले १२४ बलको सामना गर्दै १६३ रनको योगदान दिए। यस्तै मिचेल म्याक्स्वेलले १०८ रनको सामना गर्दै १२१ रन बनाए। मार्कस स्टोनिसले २१ र जोश इंग्लिसले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। यता पाकिस्तानका लागि भने साहिन साह अफ्रिदीले सर्वाधिक पाँच विकेट लिए। उनले १० ओभरको बलिङ गर्दै ५४ रन खर्चेर पाँच विकेट लिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर