एनआरएनएको अध्यक्ष पदमा डा. बद्री केसी विजयी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । बिहीबार भएको मतदानमा अन्य उम्मेदवारहरू आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
प्रत्यक्ष र अनलाइन माध्यामबाट भएको मतदानमा डा. केसीले १ हजार ३७८ मत पाएर विजयी हुँदा शर्माले १ हजार २८१ मत र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया