नेपाली टोली यू—१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं ।   नेपाली टोली एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले बिहीबार खेलिएको खेलमा साउदी अरेबियालाई ३०२ रनको विशाल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको साउदी अरेबियाले भने १९.१ ओभरमा अलआउट हुनुअघि ४६ रनमात्र बनाउन सक्यो ।

मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले एक सय ४२ रनको योगदान गरे । उनी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी पनि बनेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर