त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालकाे लगातार दाेस्राे जित

काठमाडौं ।  त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दाेस्राे जित निकालेकाे छ । आज बिहीबार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायाे ।

हङकङले दिएकाे ९५ रनकाे सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नटआउट २५ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ३ विकेट लिए ।

यसअघि हिजाे बुधवार भएकाे खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएकाे थियाे । अब नेपालले पर्सि शनिबार फेरि हङकङसँग र आउँदाे साेमवार फेरि यूएईसँग खेल्नेछ । प्रतियाेगिताका शीर्ष २ टाेली फाइनलमा पुग्नेछन् । प्रतियाेगिताकाे फाइनल खेल कात्तिक १० गते त्रिवि क्रिकेट मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर