इरानमाथि नयाँ प्रतिबन्ध

काठमाडौं ।  बाइडेनको इजरायल भ्रमणपछि अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यो प्रतिबन्ध इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रममा लगाइनेछ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो जानकारी दिएका छन् ।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलबाट फर्किएपछि इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग छलफल गरेका छन् । अल-सिसीले गाजामा मानवीय सहायता बोकेका करिब २० ट्रक पठाउन रफाह सीमाना खोल्न अनुमति दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर