गृहमन्त्री श्रेष्ठलाई हृदयाघात

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा रहेको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । उनको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उनको सचिवालयले जनाएको छ । श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणामा चीन भ्रमणमा गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर