सुनको भाउ अहिलेसम्मकै महँगो

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ । यसअघि गत साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

हिजो मंगलबार सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर