मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम ४७ जना सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनसहित विश्वासको मत पाएको हो ।

मुख्यमन्त्रीले प्रदेश सभामा प्रस्तुत गरेकको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा पाँच मत परेको थियो । मुख्यमन्त्री कार्कीको प्रस्तावको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच जना सांसदले मतदान गरे । बुधबारको बैठकमा उपसभामुख बाहेक ९१ सांसद उपस्थित थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद अनुपस्थित रहेका थिए ।

बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोकेर स्थिर सरकार बनाउन नयाँ परिस्थितिबाट मुख्यमन्त्री बन्नुपरेको बताए । विकास र सुशासनसहित प्रदेशमा स्थिर सरकार दिनका लागि सबै दलहरूका सांसदहरुबाट आफूले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर