टी-२० आई सिरिज : रोहितको अर्धशतकमा नेपालको विजयी सुरुवात

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा विजयी शुरूआत गरेको छ। बुधबार सम्पन्न उद्घाटन खेलमा पाहुना टोली यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।

यूएईले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै १४४ रन बनायो। नेपालका लागि कप्तान रोहितले अविजित रहँदै ५१ रन बनाए। ४० बल खेलेका उनले ५ चौका प्रहार गरे।

यस्तै, दीपेन्द्रसिंह ऐरीले २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाए। चौथो विकेटका लागि रोहित र दीपेन्द्रले अविजित ९३ रनको साझेदारी गरेका थिए। यसैगरी ओपनर आसिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाए।

यूएईका निलान्श केसवानी र अलीनासरले समान एक/एक विकेट लिए। त्यसअघि माथिल्लो मुलापानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो।

यूएईका बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। उनले ३८ बलमा ४ छक्का र १ चौका प्रहार गरे। यूएईका अली नासिर ३२, कप्तान मोहम्मद वासिम १७ र आसिफ खानले १५ रन बनाए। नेपालका करण केसीले ३ र गुल्सनकुमार झाले २ विकेट लिए। सोमपाल कामी र अविनाश बोहराको नाममा १/१ विकेट रह्यो। नेपालले दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर