श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउमा परेका छन् । प्रहरीले त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा मंगलबार राति पक्राउ गरेको हो ।

पिटरले घरायसी विवादका कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर