आज उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना

काठमाडौं ।  आज  उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण वर्षासँगै हिमपात हुन थालेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।  पानी परेका उच्च पहाडी र हिमाली क्षेत्रमा अस्तिदेखि हिमपात भएको छ ।

मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् । समयमा हिमपात हुँदा किसान भने दंग परेका छन् । समयमा नै हिमपात हुँदा बालीनालीलाई फाइदा पुग्ने र उत्पादन बढ्ने स्थानियबासिन्दाले बताएका छन् ।

हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने स्थानीयबासिन्दा बताउँछन् । पोहोर ढिलो गरी हिमपात हुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यसवर्ष चाँडो हिमपात भएकाले हिउँदेबालीलाई फाइदा हुने किसानको अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर