मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् । एमालेका ३९ र काङ्ग्रेसको ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका उनले विश्वासको मत लिन लागेका हुन् । कार्कीले यसअघि नै विश्वासको मत लिने सम्बन्धि प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् ।

कार्कीलाई एमालेका साथै कांग्रेस, माओवादी, नेकपा एकीकृत र जसपाले समेत विश्वासको मत दिने बताइएको छ । कांग्रेसका ८ सांसदले विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्रीमा दाबी गरेपछि गठबन्धनमा खटपट भएपनि शीर्ष तहमा सहमति भएसँगै यो प्रकरण केही मत्थर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर