बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैैयाँ ५२ पैसा पुगेको छ । आज युरो एकको खरिदमा १४० रुपैैयाँ ५१ पैसा र बिक्रीमा १४१ रुपैयाँ १४ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४२९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १५ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर