युरो २०२४ मा इंग्ल्यान्डको स्थान सुरक्षित

काठमाडौं ।  इंग्ल्यान्डले युरो २०२४ मा मंगलबार आफ्नो स्थान सुरक्षित गरेको छ । इंग्ल्यान्डले वेम्बलीमा भएको खेलमा इटालीलाई ३–१ ले हरायो । एक गोलले पछाडि रहेको स्थितिबाट इंग्ल्यान्डले यो प्रभावशाली जित निकालेको हो ।जर्मनीमा अर्को वर्ष हुने युरोमा छनोट हुनका लागि इंग्ल्यान्डलाई एक अंक मात्र आवश्यक थियो । इटालीले जियानलुका स्कामाकाको गोलले अग्रता लिएयता इंग्ल्यान्डका लागि ह्यारी केनले दुई तथा जुड वेविलङघमले एक गोल फर्काए । समूह ‘सी’ मा अहिलेसम्म अपराजित इंग्ल्यान्डले अझै दुई खेल खेल्न बाँकी छ र समूहको शीर्ष रहने निश्चित भइसकेको छ । इटाली भने तीन अंकको दूरीमा युक्रेनको पछाडि तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर