मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैैयाँ ९५ पैसा र बिक्रीदर १३३ रुपैैयाँ ५५ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४० रुपैैयाँ ०४ पैसा र बिक्रीमा १४० रुपैैयाँ ६७ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रुपैैयाँ ०८ पैसा र बिक्रीदर ८४ रुपैैयाँ ४६ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रुपैैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रुपैैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैैयाँ २० पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रुपैैयाँ ७० पैसा र बिक्रीदर ४३१ रुपैैयाँ ६४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैैयाँ ६४ पैसा र बिक्रीदर ३५४ रुपैैयाँ २३ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर