अमेरिका र अरब देशहरू द्वन्द्व रोक्न सहमत

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा पट्टीमा हमाससँग इजरायलको द्वन्द्व रोक्न संयुक्त राज्य अमेरिकाका अरब सहयोगीहरू एकमत रहेको बताएका छन् ।

इजिप्टबाट इजरायल प्रस्थान गर्नुअघि ब्लिन्केनले यस क्षेत्रका सात वटा देशको भ्रमणपछि पत्रकारसँग भने, “म गएको हरेक देशमा द्वन्द्व नफैलियोस् भन्ने दृष्टिकोण रहेको छ । मेरो भ्रमणको उद्देश्य त्यहाँका सरकारको राय के छ बुझ्नु थियो ।” उनले भने, “कसैले पनि आगोमा इन्धन थप्ने कुनै पनि काम गर्नु हुँदैन । यी सबै सहयोगी देशहरूसँगको मेरो कुराकानीबाट यो स्पष्ट भएको छ ।

उनीहरूले यो दृष्टिकोणलाई दृढतापूर्वक साझा गर्छन् र उनीहरूले आफ्नै सम्बन्धहरू प्रयोग गरेर द्वन्द्व नहोस भन्ने सुनिश्चित गर्न प्रयास गरिरहेका छन् ।” गत अक्टोबर ७ मा इजरेलको दक्षिणी भागमा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।

इजरायल हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर