बहराइनले नेपाललाई ७८ रनको सामान्य लक्ष्य

काठमाडौं । एसीसी यु–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइन निर्धारित ५० ओभरको खेलमा ३७.५ ओभरमा ७७ रन बनाउँदै अलआउट भएको हो ।

बहराइनलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दिपेश कँडेलले ६ विकेट दिए । उनले ९ ओभर ५ बल बलिङ गर्दै ६ विकेट लिने क्रममा केवल ४ रन दिए । उनले ८ ओभर मेडन फालेका थिए । यस्तै दुर्गेश गुप्ताले ४ विकेट लिए । बहराइनका लागि मुहम्मद बसिल अब्दुल हकिमले ३४ रन बनाए । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर