झण्डै तीन हजारले बढ्यो सुनको भाउ

काठमाडौं ।  आज सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढेको छ । सुन आज तोलाको १ लाख १३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार सुन तोलामा १ लाख १० हजार एक सय रुपैयाँ पुगेको थियो ।  यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ४५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर