आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १३९ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४० रुपैयाँ ५० पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर भने ८३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ७८ पैसा कायम गरिएको थियो ।
आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १८ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर