कात्तिक ७ देखि यी फोनमा चल्ने छैन ह्वाट्सएप

काठमाडौं । आगामी कात्तिक ७ (अक्टोबर २४) देखि केही पुराना एन्ड्रोइड तथा आईफोन माेडेलमा ह्वाट्सएप नचल्ने भएको छ । ह्वाट्सएपले आफ्नो हेल्प सेन्टरमा यसबारे लेख्दै जानकारी दिएको हो । आफूले पछिल्लो अपरेटिङ सिस्टम प्रयोग गर्ने प्रयोगकर्ताका लागि नयाँ फिचर विकास गर्नुपर्ने बताउँदै ह्वाट्सएपले एन्ड्रोइड ओएस ४.१ र आईओएस ११ भन्दा पुराना फोनहरूमा ह्वाट्सएप बन्द गर्ने जनाएको छ ।

त्यस्तै नवीनतम् प्रविधिमा थप सुरक्षाका मापदण्डहरू हुने र तिनको फाइदा लिनु पर्ने भएकाले पनि आफूले पुरानो अपरेटिङ सिस्टममा एप बन्द गर्न लागेको ह्वाट्सएपकाे भनाइ छ । यद्यपि सपोर्ट बन्द गर्नुअघि कम्पनीले ती फोन प्रयोगकर्तालाई यसबारे सूचित गर्नेछ । त्यसपछि भने ह्वाट्सएपका डेभलपरले ती डिभाइसमा प्राविधिक सहयोग तथा अपडेट पठाउन छाड्नेछन् । त्यसो हुँदा डिभाइसको अपरेटिङ सिस्टमले नयाँ अपडेट, नयाँ फिचर तथा समाधान गरिएका बगहरूको अपडेट पाउने छैनन् ।

ह्वाट्सएप नचल्ने एन्ड्रोइड सेटहरू:-

  • Samsung Galaxy S2
  • Nexus 7
  • iPhone 5
  • iPhone 5c
  • Archos 53 Platinum
  • Grand S Flex ZTE
  • Grand X Quad V987 ZTE
  • HTC Desire 500
  • Huawei Ascend D
  • Huawei Ascend D1
  • HTC One
  • Sony Xperia Z
  • LG Optimus G Pro
  • Samsung Galaxy Nexus
  • HTC Sensation
  • Motorola Droid Razr
  • Sony Xperia S2
  • Motorola Xoom
  • Samsung Galaxy Tab 10.1
  • Asus Eee Pad Transformer
  • Acer Iconia Tab A5003
  • Samsung Galaxy S
  • HTC Desire HD
  • LG Optimus 2X
  • Sony Ericsson Xperia Arc3

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर