मनाङ एअरको उडान अनुमतिपत्र निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अनमतिपत्र एओसी निलम्बन गरेको छ । पछिल्लो ३ महिनामा दुई पटक दुर्घटना भएको र अब मनाङसँग उडाउन योग्य एउटा पनि साधन नभएकाले उडान अनुमतिपत्र नै निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

मनाङको एउटा हेलिकप्टर गएको जुलाई ११ तारिखमा सुर्केबाट काठमाडौं आउँदै गर्दा लामोजुरामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो भने अर्को आज शनिबार दुर्घटनामा परेको छ ।

मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले छोटो समयमा भएको दुइवटा दुर्घटनाले कम्पनीलाई ठूलो क्षति भएको बताए । उनले दुई वटा हेलिकप्टर दुर्घटना हुँदा एकातिर कम्पनीलाई ठूलो क्षति भएको र अर्कोतिर उडान अनुमति निलम्बन भएको बताए ।

उनले अर्डर गरेको अर्को हेलिकप्टर चार महिनापछि मात्रै आउने जानकारी दिए । मनाङ एअरको ‘एन–एनजे’ कलसाइन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाई खतरामुक्त रहेको ह्याम्स अस्पतालले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर