उद्धव थापाले संसदीय दलको नेताबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस संसदीयदलको नेत पदबाट राजीनामा गरेको जानकारी दिए ।
कोशी प्रदेश कांग्रेस संसदीय दलको चुनावमा आफैसँग चुनाव हारेका केदार कार्की मुख्यमन्त्री बनेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन्।

संसदीय दलको नेतामा आफूसँग पराजित भएका कार्की मुख्यमन्त्री नियुक्त भएकाले पदमा रहन नैतिक रूपमा अशोभनीय हुने भएकाले राजीनामा गर्नु परेको टिप्पणी गरे । कार्की कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद्को समर्थनमा आज शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर