उद्धव थापाले कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिने

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिने भएका छन् ।  प्रदेश संसदीय दलको बैठकमा उनले शनिबार राजीनामा दिने बताएका हुन् । पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिने तयारी गरेका छन् ।

नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिन लागेका हुन् । थापा कोशी प्रदेशमा दुई पटक मुख्यमन्त्री भएका थिए । उनलाई दुई पटक नै अदालतले पदच्युत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर