मणिपाल अस्पताल तोडफोड गर्ने जेल चलान

काठमाडौं ।  मणिपाल अस्पतालका चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ । अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका विनय गुरुङ र छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य सात जना एक/एक लाख रुपियाँ धरौटीमा रिहा भएका छन् ।

यही असोज ८ गते अस्पतालमा तोडफोड गरेको अभियोगमा प्रहरीले नौ जनालाई पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइ सरकारी वकिल कार्यालयमा अभियोगपत्र पेस गरेको थियो ।

लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा मृत्यु भएपछि मृतकका आफन्तले डाक्टरको लापरबाही भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए । त्यसबेला अस्पतालमा झडपको स्थिति उत्पन्न भएको थियो । साथै डा. अनिल शाहमाथि आक्रमण हुँदा चिकित्सकहरू पनि आक्रोशित बने भने मृतकका आफन्त विरोध तथा तोडफोडमै उत्रिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर