अन्ततः शेखर गठबन्धनतिर, कोशीको राजनीति कोल्डस्टोरमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ । सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका नेता कोइरालासँग प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले लिखित सहमति गरेका हुन् ।

तीन नेताबीच शनिबार बिहान भएको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सहमतिमा सबैजना सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ ।

कोशी प्रदेशमा कांग्रेसका कोइराला पक्षका केदार कार्कीसहित ८ जना सांसदहरूले विद्रोह गरेर एमालेसँग मिलेर कार्की मुख्यमन्त्री बनेसँगै प्रधानमन्त्री प्रचण्ड सशंकित बनेका हुन् । यद्यपि, कांग्रेससँगको बैठकमा प्रधानमन्त्रीले कांग्रेसले आन्तरिक विवाद मिलाए आफ्ना उम्मेदवार इन्द्र आङ्बोलाई ब्याक गराउने भएको छ तर पक्का भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर