रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी

काठमाडौं । पोर्चुगल २०२४ को युरोकपमा छनोट भएको छ । युरोकप छनोटअन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनोट भएको हो ।

समूह जे अन्तर्गतको गएराति सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३(२ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक गोल गरेका थिए । योसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोलसंख्या १२५ पुर्‍याएका छन् । उनी विश्वमै सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।

त्यसैगरी स्लोभाकियाका लागि डेभिड हानको र स्टानीस्लाभ लोबोटकाले एक एक गोल गरेका थिए । पोर्चुगलको युरोकप छनोटमा यो लगातार सातौं जित हो । समूह जे मा रहेको पोर्चुगलको यो जितपछि ७ खेलमा २१ अंक भएको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी स्लोभाकियाको ७ खेलमा १३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर