कोशी प्रदेश प्रमुखले सांसदको टाउको गनेरै सनाखत गर्ने

काठमाडौं ।  कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धन  र एमाले कांग्रेस गठबन्धन दुवैबाटै ४७ सांसद पुर्‍याएको दाबी पछि प्रदेश प्रमुख परशुराम खापुङले आज शनिबार सबै सांसदको सनाखत गर्ने भएका छन् ।

सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो तथा एमालेका ३९ र कांग्रेसका ८ सांसद गरी ४७ जनाले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी गरेपछि प्रदेश प्रमुखले आजबिहान ८ देखि दिउँसो २ बजेसम्म सनाखत गर्ने गरी कार्यालयले सूचना जारी गरेको हो । आज बिहान ८ देखि २ बजेसम्म प्रदेशसभा सदस्यको परिचयपत्र खुल्ने कागजसहित प्रदेश प्रमुख कार्यालयको सभाहलमा सनाखतका लागि उपस्थित हुन प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले सूचना जारी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर