शेखरको रामचन्द्र र शेरबहादुरलाई ठाडो जवाफ : “कोशीमा म ब्याक हुन सक्दिनँ”

काठमाडौं । कोशी प्रदेशमा कांग्रेस पार्टीभित्रको असन्तोष चर्कंदै गएको छ । पार्टी सभापति शेरबहाद्र देउवा र कांग्रेसको पूर्व नेताको हैसियतमा रामचन्द्र पौडेलको हस्ताक्षर फिर्ता लिएर माओवादी संसदीय दलका नेतालाई सघाउन गरिएको आग्रह शेखर कोइराला पक्षीय प्रदेश सांसदहरूले ठाडै अस्वीकार गरेका छन् । जसका कारण सत्तागठबन्धनभित्र कांग्रेसो पार्टी कमान्डमाथि प्रश्न उठेको छ ।
कोशीका विद्रोही प्रदेश सांसदहरूलाई सभापति देउवाको तर्फबाट नेता ज्ञानेन्द्र कार्की र पूर्व नेता रामचन्द्र पौडेल आफैंले शुक्रबार फोन गरेर सम्झाउने, बुझाउने प्रयास गरेका थिए । तर ती सांसदहरू आफ्नो पूर्ववत् निर्णयबाट पछि नहट्ने रुसो जवाफ दिएको बताइएको छ ।

‘कोशीमा म ब्याक हुन सक्दिनँ । पार्टीबाट नै मुख्यमन्त्री बनाऔँ । आफ्नो समूहबाट नभए अर्कोमा जाऔँ भन्न सक्नुभएन’, शेखर कोइरालाले दिएको जवाफबारे उनी निकट एक नेताले भने, “काङ्ग्रेसबाट यही नाम र यही व्यक्ति हुनुपर्दछ भनेको थिइनँ । काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्दछ मात्रै भनेको थिएँ ।नाम फिर्ता गरेर गठबन्धनकै सरकार बनाउन सहयोग गर्नुस् भन्ने थियो । शेखर दाइले स्पष्टसँग नाम फिर्ता गर्न नसकिने बताउनुभयो ।’
माओवादी नेता इन्द्र आङ्बोले गठबन्धनमा रहेका दलहरूमध्ये कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार केदार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ । शुक्रबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्की र उनको समर्थनमा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध हो ।

प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिले कोशीको कांग्रेस संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई पालना गर्न पनि अनुरोध गरेको छ । ‘पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरियो,’ थापाले भने,‘केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर