ब्राजिल घरेलु मैदानमै बराबरीमा रोकिए

काठमाडौं ।  फिफा विश्वकप छनोटमा पाँच पटकको विजेता ब्राजिल घरेलु मैदानमै बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिल तुलनात्मक कमजोर मानिएको भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ५० औँ मिनेटमा ग्राबियल मागाल्हानेसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता कायम हुन सकेन । भेनेजुयलाका इडुगार्ड बेलोले ८० औँ मिनेटमा गोल गर्दै ब्राजिलसँग १ अंक खोसे । नेइमारलगायत ब्राजिलका स्टार खेलाडीले पनि खेलमा कुनै जादु देखाउन सकेनन् । ब्राजिलको बराबरीले प्रमुख प्रतिद्वन्द्वी अर्जेन्टिनालाई फाइदा पुगेको छ । विश्वकप फूटबल छनोटमा शतप्रतिशत जित निकाल्ने क्रममा अर्जेन्टिनाले शुक्रवार बिहान नै पाराग्वेलाई हराएको थियो ।

घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० को झिनो अन्तरले हराएको हो । यससँगै सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडामा हुन गइरहेको विश्वकपअन्तर्गतको छनोटमा विश्वविजेता अर्जेन्टिनाले ३ खेलमा शतप्रतिशत निकालेको छ । जितसँगै ३ पटकको विश्वकप विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष स्थानमा रहेको थियो । ब्राजिलले बराबरी खेलेपछि त्यो कायमै भएको छ ।

विश्वकपको साविक विजेता अर्जेन्टिनाले ३ खेलबाट ९ अंक जोड्दा ब्राजिलले समान खेल खेलेर ७ अंकमात्र जोडेको छ । पाराग्वेविरुद्ध अर्जेन्टिनाको जितमा खेलको तेस्रो मिनेटमै भेट्रान डिफेन्डर निकोलस ओटामेन्डीले गोल गरेका थिए । दोस्रो हाफमा मात्र मैदान छिरेका कप्तान लियोनल मेसीले हानेको फ्रिकिङ बारमा लागेपछि अर्जेन्टिना थप गोल गर्नबाट चुकेको थियो ।

यसअघि अर्जेन्टिनाले इक्वेडर र बोलिभियालाई हराएको थियो । शुक्रबार बिहानै भएको अर्को खेलमा दुई पटकको विश्वकप विजेता उरुग्वे र कोलम्यिाले २–२ गोलको बराबरी खेलेका छन् । कोलम्बिया अंक तालिकाको तेस्रो स्थानमा रहँदा उरुग्वे चौथोमा छ । पाँच पटकको विश्वविजेता ब्राजिलसँग बराबरी खेलेको भेनेजुयला छैटौंमा छ । दक्षिण अमेरिकाका १० टोलीमध्ये ६ ले सिधै विश्वकपमा स्थान बनाउँछन् भने १ ले प्लेअफ खेल्नेछ ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर