एमाले नेता डा. कृष्ण पौडेल मृत भेटिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका मधेस प्रदेश कमिटी सचिव डा. कृष्ण पौडेल मृत फेला परेका छन् । बिहीबार जितपुर सिमरा वडा–२ मा रहेको आफ्नै घरमा पौडेल मृत फेला परेका हुन् ।

एमाले मधेस प्रदेश अधिवेशन जनकपुरमा जारी रहेको छ । नेकपा एमालेका सिङ्गो पार्टी पौडेलको मृतको खवर अविश्वसनीय रहेको बताएका छन् । आफ्नै घरमा मृत फेला परेका डा. पौडेलको घरमा प्रहरी पुगी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी गराएका छन् । डा. पौडेल जितपुर सिमराका पूर्वनगरप्रमुख समेत रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर