इजरायलमा रहेका विद्यार्थी सकुशल काठमाडौं आइपुगे

काठमाडौं । इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौं आइपुगेको छ । शुक्रबार बिहान काठमाडौं आइपुगेपछि परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी त्यसबारेमा जानकारी दिएका थिए । विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीसहितका अधिकारीहरू पनि उपस्थित थिए ।

नेपाल एअरलाइन्सको उद्धार उडानमा जम्मा २५४ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार राति इजरायल गएका थिए । विद्यार्थीलाई लिन विमानस्थलमा नेपाल प्रहरीको तीन वटा बसले विद्यार्थीलाई गन्व्यमा पर्‍याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर