नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २०.१६ अंकले घटेर एक हजार ८ सय ७४ दशमलब ६० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ७० करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका २३ कम्पनीको शेयरमूल्य बढेको छ भने २१० कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज छ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भगवती हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । तयस्तै, आज हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेड, एनआईबएिल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

सानिमा सिटी होटल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.०९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकको प्रोमोटर शेयरको भएको छ । यस कम्पनीको आज एक करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर