नेप्सेमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५.१६ अंकले बढेर एक हजार ८ सय ९४ दशमलब ७६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८५ कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल्स लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था र सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४.१२ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी माण्डु हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको आज ४ करोड ८० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर