राष्ट्रसंघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ।

इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट भविश्यमा उनको भ्रमण हुने परराष्ट्र सचिव भरत पौडेलले जानकारी दिएका छन्।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर