बागमती नदी किनारमा एक युवक मृत भेटिए

काठमाडौं ।  काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवक मृत भेटिएका छन् । मृत भेटिनेमा बुद्धनगर बस्ने २० वर्षीय विमल महरा रहेका छन् । उनी बुधबार बिहान नदी किनारको झाडीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बानेश्वरका अनुसार घटनास्थलमा रगत र सिरिन्ज भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर