“दुर्गा प्रसाईँलाई युवाहरूले तह लाएछन्”

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई युवाले तह लगाएको टिप्पणी गरेका छन् । कान्तिपथस्थित होटल एलो प्यागोडामा सोमबार पत्रकार सम्मेलनका क्रममा प्रसाईँलाई मोसो दलेपछि नेता बस्नेतले यस्तो  टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, मोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईँलाई युवाहरूले आज तह लाएछन् । अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ । यस्तालाई सरकारले कारबाही गरोस् । जनप्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाईँ !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर