इजरायलमा बम आक्रमणबाट १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि

काठमाडौँ ।  प्यालेस्टाइन र इजरायलबीचको भीषण युद्धमा १० जना नेपाली विद्यार्थीहरुको ज्यान गुमेको पुष्टि भएको छ। बम आक्रमणमा ज्यान गुमाउने १० जना नेपाली विद्यार्थी रहेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

बम आक्रमणमा ज्यान गुमाउनेमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, कैलाली बउनिया-३ का आशिष चौधरी, दार्चुला लेकम-५ का दीपेशराज बिष्ट छन्। त्यस्तै,, धनुषा सपही-६ का आनन्द शाह, सुनसरी मधुवनका राजेशकुमार सर्वांकर, डोटी पचनली ३ का राजन फुलरा, लमिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्रसिंह धामीको बम आक्रमणमा परी ज्यान गुमेको नेपाली दूतावासले जानकारी दिएको हो।

आक्रमणमा परी ६ नेपाली घाइते भएको र एक जना नेपाली सम्पर्कविहीन रहेको समेत परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, चितवनस्थित कृषि तथा वन विश्वविद्यालय रामपुरबाट इजरायलको कृषि फार्ममा गएका मध्ये ३४ जना विद्यार्थी हमासले आक्रमण गरेको युद्ध प्रभावित क्षेत्रमा फसेका छन्। उनीहरुलाई बंकरमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर