मेस्सीको पुनरागमन खेलमा इन्टर मियामी पराजित

काठमाडौं । मेजर लिग सकर (एमएलएस)को ‘प्लेअफ’ चरणमा पुग्ने इन्टर मियामीको गणितीय सम्भावना सकिएको छ। एमएलएसका दुई समूह ‘इस्टर्न कन्फरेन्स’ र ‘वेस्टर्न कन्फरेन्स’बाट शीर्ष नौ-नौ टोली प्लेअफमा पुग्छन्। शीर्ष नौभित्र अटाउने गणितीय सम्भावना कायम राख्न मियामीले आजको खेल जित्नै पर्ने थियो। तर, आज बिहान सम्पन्न सिनसिनाटी विरुद्धको खेलमा इन्टर मियामी १-० गोल अन्तरले पराजित भयो।

अहिले मियामी इस्टर्न कन्फरेन्समा १४औं स्थानमा छ। अब मियामीले औपचारिकताका लागि मात्रै यो सिजनमा दुई खेल खेल्नेछ। अक्टुबर १९ र २२ मा मियामीले चार्लट विरुद्ध खेल्नेछ। आजको खेलमा मियामीका नियमित कप्तान लियोनल मेस्सी पनि मैदानमा उत्रिएका थिए। मियामीको पछिल्लो चार खेलमा उनी चोटका कारण मैदान बाहिर थिए। आज ५५औं मिनेटमा उनी मैदान प्रवेश गरेका थिए। तर, सिनसिनाटीका अल्भारो ब्यारियलले ७८औं मिनेटमा गोल गर्दै मेस्सीको पुनरागमनलाई असफल बनाइदिए। सिनसिनाटी भने इस्टर्न कन्फरेन्समा अहिले शीर्ष स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर