देशभर सामान्यतया मौसम सफा रहने

काठमाडौं । आज देशभर सामान्यतया मौसम सफा रहने छ । नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिए पनि मध्य र पूर्वी क्षेत्रमा कायमै छ । अबको तीन चार दिनसम्म नै कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रको पूर्वी क्षेत्रमा मनसुनी प्रणाली रहने मौसमविद् गोविन्द झाले जानकारी दिए ।

उनका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भने मनसुन बाहिरिसकेको छ । यी क्षेत्रको मौसम सामान्यतया सफा नै रहने मौसमविद् झाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर