दाङ बस दुर्घटनामा दुईजनाको मृत्यु, २२ जना घाइते

काठमाडौं ।  दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको  यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

आज दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटना हुँदा दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यान गुमाउनेहरुको  पहिचान अझै खुलेको छैन ।  दुर्घटनामा चालकसहित २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर