बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो

काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमायो । बंगलादेशको जितमा नजमुल होसाइन शान्तोले नटआउट ५९ र मेहदी हसन मिराजले ५७ रन बनाए ।

अफगानिस्तानका फैजल हक फारुकी, नवीन उलहक र अजमतुल्लाह ओमरजाईले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६  रनमा अलआउट भयो । उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाई र इब्राहिम जद्रानले समान २२/२२ रन बनाए । बंगलादेशका शकिब अल हसन र मेहदी हसन मिराजले ३/३ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर