छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडौं । आफ्नै छोराको हत्या गरेको आरोपमा आमा नारायणी केसीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका–७ तुषाराकी ३२ वर्षीया केसीलाई पक्राउ गरेको हो ।

मृतक बच्चालाई काखमा च्यापेर गाउँ हिँडिरहेको अवस्थामा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए । तीन वर्षीय छोरा अप्रेल केसीलाई हत्या गरेको आशङ्कामा केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । असोज १८ गते दिउँसो मृतक बच्चालाई च्यापेर हिँडेको देखेपछि स्थानीयले वडा कार्यालयमा खबर गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मच्छीलाई खबर गरेर जानकारी गराएको वडा अध्यक्ष कृष्णबहादुर जिसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर