गणतन्त्रमाथि प्रहार भइरहेकोमा प्रधानमन्त्रीको चिन्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको बताए ।
परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहने उनको प्रतिबद्धता थियो । अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन पनि उनले आग्रह गरे ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको छ । त्यसमाथि प्रहार भइरहेको छ । जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो । त्यो अपराध थियो । तपाइँहरुले सुनिरहनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गलत थियो, त्यसलाई उल्ट्याउनुपर्छ भन्नेहरु पनि छन् ।” एकथरी मानिसहरु यो परिवर्तनका वाहकलाई विद्रुपीकरण गर्ने, बदनाम गर्ने काम गरिरहेको उनले उल्लेख गरे ।

अहिले नराम्रा मात्र हामीले देख्न थालेका छौँ । यो के भएको हो ? सोचको समस्या हो कि ? लिडरसिपको समस्या हो ? उनले जिज्ञासा राखे । लिडरसिप भनेको जनता, इतिहास, आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले दक्षिणपन्थीहरुले देशमा टाउको उठाउने खतरा अझै बाँकी रहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर