नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराते खेलमा ऐतिहासिक रजत पदक जितेको छ ।

हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार भएको महिला ६८ केजी तौल समूहमा नेपालका लागि एरिका गुरुङले ऐतिहासिक रजत दिलाएकी हुन् । फाइनलमा उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित भइन् । सोफ्या हालै सम्पन्न एसियन कराते च्याम्पियनसिप २०२३ की स्वर्ण विजेता समेत हुन् । यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । क्वार्टरफाइनलमा एरिकाले जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् ।

दुवैको समान १–१ अङ्क भएपनि पहिलो अङ्क पाएको आधारमा एरिका सेमिफाइनलमा पुगिन् । १९ वर्षीय एरिका नेपालका लागि एसियाड कराँतेमा ऐतिहासिक रजत जिताउने पहिलो खेलाडीसमेत बनेकी छन् । नेपालले एसियाड करातेमा पहिलो पटक रजत पदक जितेको हो । एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो । यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत रजत र अघिल्लो संस्करणमा नेपालको प्याराग्लाइडिङ टोलीले टिम स्पर्धामा रजत जितेको थियो ।

नेपालका लागि यो समग्रमा तेस्रो र व्यक्तिगत स्पर्धामा भने दोस्रो एसियाड रजत पदक हो । शनिबारनै नेपालका सन्तोष श्रेष्ठ ६७ केजी तौल समूहको प्रिक्वार्टरमा थाइल्यान्डका फियन्डी चाईवाटसँग ३–२ अङ्कले पराजित भएका थिए । एसियाड करातेमा नेपालले पदकको आशा गरेको कराते खेलाडी विप्लवलाल श्रेष्ठ शुक्रबार कांस्य नजिक पुगेर चुकेका थिए । शुक्रबार भएको


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर