हमासको आक्रमणबाट ६ जना इजरायलीको मृत्यु

काठमाडौं ।  हमासको आक्रमणबाट शनिबार ६ जना इजरायलीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्। त्यस्तै, करिब दुई सय जना घाइते भएको बताइएको छ। घाइतेमध्ये कम्तीमा दुई दर्जनको अवस्था गम्भीर रहेको टाइम्स अफ इजरायलले जनाएको छ। प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायल युद्धमा भएको बताएका छन्। तर, युद्ध आफूले जित्ने उनले बताए।

‘हाम्रो शत्रुले त्यस्तो मूल्य चुकाउनेछ, जसको कल्पना उसले कहिल्यै गरेको थिएन,’ हमासको आक्रमणपछि पहिलो वक्तव्य जारी गर्दै नेतन्याहुले भनेका छन्। हमासका लडाकुहरु बार तोडेर इजरायली क्षेत्रमा प्रवेश गर्नुका साथै उनीहरुले हजारौँ रकेट आक्रमण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर