नेपाललाई करातेमा कम्तीमा रजत पदक

काठमाडौँ । नेपालले चीनको हाङचउमा भइरहेको १९औं एसियाली खेलकुदमा कम्तीमा रजत पदक जित्ने भएको छ । कराते खेलाडी एरिका गुरुङ महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेसँगै कम्तीमा रजत पदक पक्का भएको हो । सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८–४ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् । स्वर्ण पदकका लागि कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग एरिकाले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

एरिकाले क्वार्टरफाइनलमा भने जापानी खेलाडी युजुकी सावाएलाई हराएकी थिइन् । नेपाले १९औं एसियाली खेलकुदमा दोस्रो पदक जित्ने पक्का भएको छ । यसअघि कबड्डीमा नेपाली महिला टोलीले कांस्य पदक जितिसकेको छ । एसियाली खेलकुदको इतिहासमा भने नेपालले दोस्रो रजत पदक जित्ने भएको छ । यदि फाइनलमा कजाकस्तानकी खेलाडीलाई हराएमा एरिका एसियाली खेलकुदमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् । केही बेरमा एरिकाले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछिन् । यसअघि सन् १९९८ मा थाइल्यान्डमा भएको १३औं एसियाली खेलकुदमा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन् । त्यस्तै २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नेपाली प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर