विश्वकप क्रिकेटमा आज दुई वटा खेल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ ।

बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ । त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् । यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले र अस्ति भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर